
तुलसीपुर, २५ जेठ ।
तुलसीपुरस्थित हिमाल एकेडेमीको आयोजनामा र मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोगमा शनिबार विद्यालय प्रांगणमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.रुपेसमान सेरचनसहितको टोलीले शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य शिविरबाट २०० भन्दा बढी व्यक्तिले सेवा लिएका छन्। तीमध्ये झण्डै दुई दर्जन बिरामीलाई अवस्था जटिल देखिएको भन्दै नजिकको विशेषज्ञ अस्पतालमा जान सिफारिस गरिएको छ।



विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो।
लाइभदाङ । २६ जेष्ठ २०८२, आईतवार १५:४७ बजे