दाङ, ७ मंसिर । घोराही बैंकर्स क्लबको अध्यक्षमा ग्लोबल आइएमई बैक घोराही लखनपार्क शाखाका प्रबन्धक उमङ्ग अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।
शुक्रबार घोराहीमा भएको साधारणसभाले अधिकारीलाई अध्यक्षमा चयन गरिएको हो ।
अधिकारी बैंकिङ क्षेत्रमा स्थापित प्रबन्धक हुन् । साथै उपाध्यक्षमा कुमारी बैंकका शाखा प्रबन्धक कमल रेग्मी, सचिबमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक गणेश बुढाथोकी, कोषाध्यक्षमा लुम्बिनी बैंकक शाखा प्रबन्धक युवराज भण्डारीलाई चयन गरिएको छ । जसको ७ सदस्यीय रहन्छ ।
निवर्तमान अध्यक्ष केशब तिवारीको अध्यक्षतामा साधारणसभा भएको हो । घोराहीमा २९ वटा निजी बैंक तथा वित्तीय संस्थाहरू क्रियाशील छन् ।
लाइभदाङ । ७ मंसिर २०८१, शुक्रबार २०:०३ बजे