दाङ, १२ भदौ ।
नेकपा माओवादी केन्द्र दाङ इन्चार्जको जिम्मेवारी निर्मल आचार्यले पाउनुभएको छ ।
लुम्बिनी प्रदेश समितिको बैठकले आचार्यलाई इन्चार्जको जिम्मेवारी दिएको हो । पार्टी पोलिटब्यूरो सदस्य आचार्य लामो समय सहइन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बसेको प्रदेश बैठकले खाली रहेका जिल्लामा इन्चार्ज तोकेको छ ।
लाइभदाङ । १२ भाद्र २०७९, आईतवार १४:१६ बजे