तुलसीपुर, १२ मंसिर ।
लामो समयदेखि अलपत्र अबस्थामा रहेका दाङका तीन सामुदायिक वनको काठ लिलाम गर्न लागिएको छ । डिभिजन वन कार्यालयले दाङको बबई गाउँपालिका वडा नं. १ स्थित सितलछहारी सामुदायिक वन उपभोक्ता समूह, शान्तिनगर गाउँपालिका वडा नं. ४ स्थित सरस्वति सामुदायिक वन उपभोक्ता समूह र शान्तिनगर १ र २ तथा बबई गाउँपालिकाको वडा नं. ६ मा पर्ने सदाबहार सामुदायिक वन उपभोक्ता समूहको लामो समयदेखि अलपत्र अबस्थामा रहेको काठ लिलाम गर्न लागेको हो । बबईबाट आस्ना र जामुना जातका ३ सय २६ थान, सालका दाउरा १५ चट्टा र अन्य दाउरा १४ चट्टालाई सूचना जारी गरि लिलाम गर्न लागिएको हो ।
कार्यालय प्रमुख इश्वरी प्रसाद पौडेलले सूचना जारी गरि शान्तिनगर ४ स्थित सरस्वति सामुदायिक बाट सालको ३ सय ५५ थान गोलिया लिलाम गर्न लागिएको हो ।
त्यस्तै सदाबहार सामुदायिक वनबाट ५ सय ८७ गोलिया साल, असनालगायतका काठ लिलाम गर्न लागिएको हो । सूचिकृत भएका काष्ठ उद्योगहरुलाई ति काठ लैजानकालागि निवेदन आह्वान गरिएको हो । दाङका बनमा काठहरु अलपत्र अबस्थामा छन् । केही काठमहरु कुहिएर समेत जाने अबस्थामा छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १२ मंसिर २०८१, बुधबार २०:३४ बजे