तुलसीपुर
१६ पुस / तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पुस १७ गते शनिबार हुन लागेको निर्वाचनका बागी उम्मेदवारहरु कारवाही गरिएको छ ।
कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत बहादुर खड्का,उपसभापति तथा प्रदेश क्षेत्रीय कार्यसमिति ३ ख का सभापति खिम बहादुर वली,उपसभापति तथा क्षेत्रिय कार्य समिति ३ क का सभापती देबेन्द्र रिजाल र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले संयुक्त बिज्ञप्ति जारी गरि ९ दलिय गठबन्धनका विरुद्ध अध्यक्ष पदमा बागी उम्मेदवार बनेका तुलसीपुर उपमहानगरपालिका.५ का कृयाशिल सदस्य तथा १४औ महाधिवेशनका क्षेत्रीय प्रतिनिधि समेत रहेका पबनराज बुढाथोकी,उपाध्यक्ष पदका लागि बागी उम्मेदवार तुलसीपुर ६ का कृयाशिल सदस्य गिरिधारी प्रसाद पौडेल र कोषाध्यक्ष पदका लागि बागी उम्मेदवार तुलसीपुर ५ का भोला प्रसाद थापालाइ पार्टीको बिधान र अनुशासन भन्दा बाहिर रहेकाले साधारण सदस्यबाट समेत निस्कासन गर्न सिफारिश गरेको छ ।
पार्टीको जिल्ला कार्य समितिलाई उक्त सिफारिश गरिएको हो ।
लाइभदाङ । १६ पुष २०७८, शुक्रबार १९:५६ बजे