तुलसीपुरमा ‘चलचित्र पर्यटन विशेष संवाद’ कार्यक्रम सम्पन्न

तुलसीपुर, २४ जेठ ।
नेपाल चलचित्र पत्रकार संघ दाङ शाखाको आयोजनामा तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा शनिबार  ‘चलचित्र पर्यटन विशेष संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संघको शाखा, तुलसीपुर उपमहानगरपालिका वडा नं.७ कार्यालय र चलचित्र विकास बोर्डको संयुक्त आयोजना  संवाद कार्यक्रम सम्पन्न भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ का अध्यक्ष राम बहादुर जिसीको अध्यक्षता एवम नगर प्रमुख टिकाराम खडकाको प्रमुख आथित्यमा चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे बहस र छलफल भएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन् । उनका अनुसार चलचित्र क्षेत्रको समग्र विकास र उत्थान गर्नुका साथै त्यसलाई स्थानीय संस्कृति र पर्यटन प्रवद्र्धनसँग जोडने प्रयास गरेको केसीले बताए ।

कार्यक्रमका प्रमुख अथिति  खड्काले तुलसीपुरमा रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका क्षेत्रहरूलाई चलचित्रमार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । त्यसकोलागि चलचित्र निर्माताले चलचित्र छायाङ्कनल गरिदिन हुन अनुरोध गरे । उनले नगरपालिकाले यहाँका ऐतिहासीक मठ मन्दिर लगायत पर्यटकीय क्षेत्रको पहिचान र संरक्षणकोलागि नगरपालिका लागिपरेको बताए । कार्यक्रमका प्रमुख वक्ताका रुपमा अभिनेता रमित ढुंगाना र चलचित्र निर्देशक, निर्माता एवं अभिनेता मुनाल घिमिरे थिए । बहसमा सहभागी नेपाली चलचित्रका अभिनेता रमित ढुंगानाले चलचित्र नै पर्यटन प्रवद्र्धनको सशक्त माध्यम रहेको बताए । “पर्यटन प्रवद्र्धनका लागि चलचित्र नै सबैभन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो”, उनले भने ।


कुनै ठाउँको पर्यटनको विकासमा चलचित्र छायाङ्कनले सहयोग पुग्ने उनको धारणा थियो । नेपालमा धेरै राम्रा ठाउँमा चलचित्र छायाङ्कन गर्न सकिने भए पनि निर्माताहरूको ध्यान जान नसकेको उनले बताए । त्यसै गरि चलचित्र निर्देशक, निर्माता एवं अभिनेता मुनाल घिमिरेले“दाङमा बाहीरी सिनकोलागी फिल्म छायाङ्कनका लागि राम्रा–राम्रा ठाउँ छन्,तर ईनडोरकोलागि सुविधा सम्पन्न चलचित्र स्टुडियम नभएको बताए । आफ्नो पहिलो चलचित्र दाङमा छायाङ्कन गरेको तर अहिले रिलिज हुँदै गरेको माग्ने राजाको चलचित्र दाङमा छायाङ्कन गर्न नसकेकोमा दुःख ब्यक्त गरे। नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको वृद्धि गर्ने उनको भनाई छ ।

तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गणेशपुर पार्कका अध्यक्ष डिल्ली भण्डारी, समाजिक अभियन्ता डा. किशोर खत्री, उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देव बहादुर केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र वस्नेत, पुर्व अध्यक्ष दुर्गालाल केसी  लगायतकाले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण बिमल गौतमले गरेका थिए भने कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।