दाङ, १९ असोज । दशैकालागि यस बर्ष दाङबाट चारसय खसीबोका काठमाडौं पठाइएको छ । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले दाङबाट चारसय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक बर्ष दाङबाट काठमाडौं खसी–बोका पठाउने गरिएको छ ।
दाङबाट शुक्रबार एकसय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौं पठाईएको हो । जिल्लाबाट थापाथली स्थित केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणकालागि किनबेच खुल्ला गर्ने गरिन्छ ।
खाद्य तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार २० देखि ४० केजी तौलको खसी र १८ देखि ३० केजीसम्मको बोका खरिद गरी काठमाडौं पठाईएको हो ।
जिउँदो खसी केजीको ५६० र बोका केजीको ५४० को दररेटमा खरिद गरेर काठमाडौं पठाईएको उहाँको भनाई छ । यस बर्ष चारसय मात्रै खसीबोका दाङबाट माग भएको थियो ।
गएको बर्ष दाङबाट खाद्यले ७५६ वटा खसी बोका खरिद गरी काठमाडौं पठाईएको थियो । यस बर्ष भने बर्षादले गर्दा खसीबोका खरिद कम हुन सक्ने आँकलन गर्दै चारसय मात्रै पठाईएको प्रमुख सुनारले बताए ।
लाइभदाङ । १९ आश्विन २०८१, शनिबार २१:४३ बजे