भ्रष्टाचार न्यूनीकरणका लागि दागी नेतालाई कारर्बाही गर्न जन दवावको आवश्यक्ता

अमृत काजी शर्मा
दाङ, ११ बैशाख ।
दाङका राजनीतिक दलका नेताहरुले भ्रष्टाचारमा दागी नेतालाई कारर्बाही गर्न दवाव सृजना आबश्यक रहेको बताएका छन् । १८ औ लोकतन्त्र दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भ्रष्टचारका विभिन्न घटनामा मुछिएका दागी नेताहरुलाई कारर्बाहीका लागि जनदवावको आवश्यकता रहेको र आफू आबद्द पार्टीका नेताहरू पनि अछुतो नरहेको बताएका हुन् ।

दागी नेताहरुलाई कारर्बाही,लोकतन्त्रको रक्षा र सुशासनको लागि नागरिक खवरदारी,एनसेल महाघोटा सम्बन्धमा उच्च स्तरीय न्यायीक छानविन आयोग गठन बिषयक शान्ति समाजको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता सुरेश हमाल, नेकपा एमालेका रुपबहादुर खत्री र नेकपा माओवादी केन्द्रका डिल्ली अधिकारीले राजनीतिक दलले कुनै पनि बहानामा राज्य शक्तिको पहुँचको भरमा दाग लागेका नेताहरुलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । मुलुकमा सुशासन कायम गर्नका लागि पार्टी भित्र पनि सुशासन प्रबर्दनका लागि ब्यापक छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव र्निमल नेपाली,केन्द्रीय सदस्य तुलसीराम सुनार, निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेत, पूर्व केन्द्रीय उपसभापति मोहन धिताल,शाखाका संस्थापक सभापति डिल्लीराज धिताल र निर्वतमान सभापति नविन पोख्रेलले लोकतन्त्रको महत्व,मानव अधिकारका लागि सुशासनका बारेमा चर्चा गर्नुभएको थियो ।


सोही अबसरमा उच्च अदालतबाट तुलसीपुरका उपाध्यक्ष श्रीराम चौधरी,महिला अधिकारकर्मी सुष्मा गिरी, राष्ट्रिय अपाङग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले लोकतन्त्र प्राप्तीका लागि भएको जनआन्दोलनको स्मरण गराउनु भएको थियो । उहाँहरुले भन्नुभयो, लोकतन्त्रमा विधिको शासन हुनु पर्छ

शाखा उप सभापति कोमल डि.सी.को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष यज्ञ बिकले र कार्यक्रमको सहजिकरण सचिव अमृत प्रसाद शर्माले गर्नु भएको थियो । शान्ति समाजले प्रत्येक वर्ष बैशाख ११ गते लोकतन्त्रका दिन विविध कार्यक्रम गर्दै आईरहेको छ ।