गोरखा स्कुलद्वारा काठमाडौंमा भएको एथ्लेटिक्समा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

तुलसीपुर
११ पुस /  गोरखा माध्यामिक विद्यालय तुलसीपुरमा अध्ययनरत चार जना छात्राले काठमाडौंमा भएको एथ्लेटिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरिएको छ । विद्यालयमा कार्यक्रम गरि उनीहरुलाई सम्मान गरिएको हो ।

एथ्लेटिक्स परिवार नेपालद्वारा आयोजित युथ एथ्लेटिक्स प्रतियोगितामा दाङको प्रतिनिधित्व गर्दै गोरखा स्कुल तुलसीपुरबाट गएका चार जना छात्राले विभिन्न स्थान हाँसिल गर्न सफल भएका थिए । छात्रा करुणा रिजाल लङ्जम्प प्रतियोगितामा प्रथम, ८ सय मिटरमा तृतिय र ४×१०० रिलेमा तृतिय स्थान हाँसिल गर्न सफल भएकी थिइन । उनलाई विद्यालयले चार हजार नगद तथा सम्मान प्रदान गरेको थियो ।


त्यस्तै अरुणा रिजालले चारसय मिटरमा द्धितिय र ४×१०० रिलेमा पनि द्धितिय स्थान हाँसिल गर्न सफल भएकी थिइन । उनलाई तीन हजार नगद तथा सम्मान प्रदान गरिएको थियो । त्यस्तै सीमा चौधरीले लङ्जम्पमा द्धितिय, एकसय मिटरमा तृतिय र ४×१०० रिलेमा द्धितिय स्थान हाँसिल गर्न सफल भएकी थिइन ।

उनलाई पनि तीन हजार नगद तथा सम्मान प्रदान गरिएको थियो । यस्तै रितिका बोहराले ६० मिटरमा तृतिय र ४×१०० रिलेमा पनि तृतिय स्थान हाँसिल गर्न सफल भएकी थिइन । उनलाई दुई हजार नगद तथा सम्मान प्रदान गरिएको थियो ।