दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, १३ बैशाख ।  दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उप–महानगरपालिका–१० का ५८ बर्षीय काली प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा १ ख ३१८७ नम्बरको बसले गएराती घोराही–१० स्थित सडकमा पैदल हिडिरहेका चौधरीलाई ठक्कर दिएको हो ।


बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ ।