
दाङ, ३१ वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को शितलपुरमा कृषि हाटबजार सञ्चालनमा आएको छ । सबै संरचना तयार भएपछि विहीबारदेखि हाटबजार सुरु भएको छ ।
सोही स्थानमा विहीबार र आईतबार हाटबजार लाग्नेछ । तरकारी उत्पादनका हिसाबले पनि उत्तम रहेकाले हाटबजार सञ्चालनमा ल्याईएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।
उनका अनुसार किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउने अबस्थाको अन्त्य गरि किसान र उपभोक्ताबीच प्रत्येक्ष सम्पर्क गराई तरकारी किनबेच गराउन यसरी हाट बजार सञ्चालनमा ल्याईएको हो ।
उक्त हाटबजारको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । त्यस अवसरमा खड्काले किसानहरुको उत्पादनलाई बजारीकरण गर्नकालागि हाटबजारले भूमिका खेल्ने बताए ।
तुलसीपुरको वडा नं.१२ सहित वडा नं.११, १३, १५ लगायतका किसानहरुले उत्पादन गरेको तरकारी बजारीकरण गर्न उक्त हाटबजारले भूमिका खल्ने उनको भनाई छ । हाल ति ठाउँहरुमा ७० विघा भन्दा बढि क्षेत्रफलमा तरकारी खेति हुने गरेको छ ।



लाइभदाङ । ३१ बैशाख २०८३, बिहीबार २३:२५ बजे