माओवादी कन्द्र तुलसीपुरकाे बन्दशत्र: राजनीतिक प्रतिवेदन पारित

तुलसीपुर,१३ माघ ।
नेकपा माओवादी केन्द्र तुलसीपुरले सांगठनिक तथा राजनीतिक प्रतिवेदन पास गरेको छ । पार्टीका नगर अध्यक्ष मोहन थापाले बन्दसत्रमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित भएको हो। साथै पार्टीको निर्वाचन प्रक्रिया अगाडि बढेको छ। पार्टीको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।


बन्द सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा अपार जिल्ला इन्चार्ज निर्मला आचार्य केन्द्रीय सदस्य धनबहादुर मास्की लगायतको सहभागिता रहेको छ। अधिवेशनको खुल्ला सत्रलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्घाटन गरेका थिए।