उत्तर वलीले देखाएका सपना पुरा गर्छौ : हुकुम बस्नेत

तुलसीपुर, १९ कात्तिक ।
नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्वर ३ ‘ख’ का प्रदेश सभा सदस्य पदका उमेदवार हुकुम बस्नेतले स्वर्गीय उत्तर कुमार वलीले देखाएका बाँकी सपना आफुले पुरा गर्ने बताएका छन । आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको क्रममा शान्तिनगर २ अमुवाको घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

घरदैलो कार्यक्रममा मतदाताहरुसंग भोट माग्दै वलीका अधुरा सपना आफुले पुरा गर्ने बस्नेतले बताए । पश्चिम दाङको विकास र समृद्धिकालागि ठुला–ठुला सपना देख्ने प्रदेश सभा सदस्य समेत रहेका वलीको सवारी दुर्घटनामा परी निधन भएको थियो । प्रदेश सभामा कार्यकाल नसकिदै निधन भएकोले अब वलीले देखेका सपनालाई आफुले पुरा गर्ने उनले प्रतिबद्धता जनाएका छन ।


यस्तै,गिधनिया, खड्कपुर, पोटली,जुम्लेकुला लगाएतका विभिन्न ठाउँ भएका घरदैलो कार्यक्रममा उनले खानेपानी, सडक स्तरोन्नती र भमकेखोला, एकलीखोलामा पुल निर्माणकोलागि पहल गर्ने समेत बताका छन । स्थानिय मतदाताहरुले राखेका मागलाई सम्वोधन गर्ने आश्वासन दिदै उनले चुनाव जितेमा यस क्षेत्रका विकासकालागि कुनै कन्जुस्याई नगर्ने बताएका छन ।

विद्यालय र स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण देखि शिक्षा,स्वास्थ्य सेवा र युवा स्वरोजगारलाई पहिलो प्राथमिकता दिएको उनको भनाई छ । एमाले जिल्ला कमिटिका अध्यक्ष समेत रहेका बस्नेतको चुनावी एजेण्डा प्रति स्थानिय मतदाताहरु आशाबादी देखिएका छन् ।