दंगीशरणमा आगलागीबाट ५ सय कागतीका विरुवा जलेर नष्ट

तुलसीपुर, १ चैत ।  पश्चिम दाङको दंगीशरण गाउँपालिका ७ मा आगलागीबाट ५ सय कागतीका विरुवा जलेर नष्ट भएका छन् । आगलागीबाट दंगीशरण ७ बाँकाका राजकुमार शाहीले ३ विगाह क्षेत्रफलमा लगाएको ५ सय कागतीका विरुवा जलेर नष्ट हुदा करिब ३ लाख बराबरको क्षेती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।


उहाँका अनुसार आज बिहान ११ बजेको समयमा नजिकैको खरबारीमा लागेको आगो एक्कासी कागती खेती गरिएको खेतमा सल्किन जादा आगलागी भएको बताएका छ्न । स्थानिय, प्रहरी र दमकलको सहायताले झन्डै डेढ घण्टा पछी आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्य क्षेती भने हुन नपाएको प्रहरीले जनाएको छ ।