जिल्ला लिग फुटबल सुरु,सक्सेस र एसएसएफएले अंक बाडे

लक्ष्मण बस्नेत
तुलसिपुर  १४ पुस ।
एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ आज बुधबार देखि दाङको तुलसिपुरमा सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्सिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको श्री न १९ बाहिनीका बाहिनीपति मदन केसि ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बाहिनिपती केसिले मानव स्वास्थ्यको लागि खेलकुदको महत्त्व लाई स्थानीय स्तरबाट बुझ्नु पर्ने बताउनु भएको छ । रास्ट्रको सान र गौरव हो खेलकुद यसको महत्त्वलाई स्थानिय स्तर बाट बुझ्न आबश्यक छ अनि मात्र खेलकुदको बिकास सम्भव छ उहाँले भन्नुभयो । कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं न १९ बाहिनीका बाहिनीपति मदन केसिको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख श्यामु आर्यालको बिशिस्ट आतिथ्यमा भएको थियो। प्रतियोगिताका संयोजक इन्द्र बहादुर पुनको स्वागत रहेको कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा एसएसएफए र सक्सेस फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
कडा प्रतिस्पर्धात्मक खेलमा दुईर दुई गोलको बराबरी भएपछि दुबै टिमले आफ्नो खातामा एकरएक अंक जोडेका छन् । प्रतियोगिता अन्तरगत बिहिवार दुई खेल हुने भएका छ्न् । मध्यान १२ बजे हुने खेलमा लक्ष्य युवा क्लब तुलसिपुर १५ र टाईगर युवा क्लब तुलसिपुर ३ भिड्नेछन् । त्यस्तै दिउँसो साढे दुईबजे हुने खेलमा सक्सेस फुटबल क्लब तुलसिपुर र युनाईटेड युथ क्लब तुलसिपुर आमनेसामने हुनेछन् । २९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित दस क्लबहरुको सहभागिता रहेको छ ।