तुलसीपुर २ मा वडा स्तरीय फुटबल प्रतियोगिता

तुलसीपुर,१९ फागुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. २ मा वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ र नगर स्तरीय युवा सञ्जालको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।

वडाका खेल संयोजक तथा वडा सदस्य मोहन डाँगीको अध्यक्ष तथा वडाध्यक्ष भिमबहादुर योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि योगीले वडाको खेल क्षेत्रलाई अगागी बढाउने आफ्नो दायित्व भएको बताएका थिए । उनले खेल नै समृद्धिको एउटा आधार भएको भन्दै यसको विकास अपरिहार्य रहेको बताएका थिए ।


कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला युवा परिषदका अध्यक्ष अरुण लहरे, सुरेश रावत, युवा परिषद तुलसीपुरका अध्यक्ष रवीन्द्र डाँगीले खेलकूद क्षेत्रकालागि राज्यले उचित बजेट छुट्याउन नसकेको बताएका थिए । खेलकूद क्षेत्र राज्यको अभिन्य अंग भएकाले यसको विकासकालागि सरकारले ध्यान दिनुपर्ने समेत उनीहरुको भनाई थियो ।

खेल फागुन २१ गतेसम्म चल्नेछ । खेलमा वडा नं. २ का १४ वटा टोलले सहभागिता जनाएका छन् । वडा सदस्य माया सुनारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण एसवी ओलीले गरेको युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।