खेलकुद सामाजिक एकता र समृद्धिको आधारशिला : उपाध्यक्ष केसी

निराश पान्डे
शान्तिनगर, २९ माघ ।
शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष एवं महिला नेत्री प्रेमा बुढाथोकी के सी ले राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ।

उपाध्यक्ष केसीले शान्तिनगर गाउँपालिका वडा नम्बर ७ ले आयोजना गरेको तिन दिने वडा स्तरीय खेलकुद कार्यक्रमको समापन कार्यक्रममा शान्तिनगरको माध्यामिक विद्यालय तुलसीपुरमा आयोजित कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो। कार्यक्रमकि प्रमुख अतिथी समेत रहनु भएकी उपाध्यक्ष केसीले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार पार्ने हुदा खेल मानव जिबनको एक महत्त्वपूर्ण अंग भएको बताउनु भएको छ ।


कार्यबाहक वडा अध्यक्ष भुमा सुनारको सभापतित्व एवं उपाध्यक्ष प्रेमा बुढाथोकी के सीको प्रमुख आतिथ्यता तथा शान्तिनगर गाउँपालिकाका कार्यपालिका सदस्य झुप लाल नेपाली र माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक गोबिन्द जि सी को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा खेल संयोजक दिलिप बस्नेत, माध्यमिक विद्यालय तुलसीपुर ब्यबस्थापन समितिका अध्यक्ष कुमार बस्नेत, र वडा सचिब ज्ञानु परियार लगाएतले बोल्नु भएको थियो, भने कार्यक्रमको संचालन पत्रकार निराश पान्डेले गरेका थिए।

उक्त तीन दिन सम्म संचालित भलिबल खेल तर्फ कुमलगढी टिम प्रथम , तिलवारी टिम द्धितिय, र बाघधारा धनौरा टिम तृतीय भएका छन् । त्यसै गरि फुटबल तर्फ कुमलगढी टिम प्रथम , बुराडाबर टिम द्धितिय, र गैरातिलवारी टिम तृतीय भएका छन् । भलिबलको उत्कृष्ट तर्फ रोहित कुमार शर्मालाई घोषणा गरिएको थियो, भने बिजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रमुख अतिथि र विशिष्ट अतिथिले प्रदान गर्नु भएको थियो। खेलमा जम्मा १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।