तुलसीपुरबाट एकजना बेपत्ता, खोजीका लागी परिवारको अपिल

तुलसीपुर, १५ जेठ ।
दाङको तुलसीपुरबाट एकजना बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१२, दक्षिण कपाडादेबीका ६८ वर्षीय बलिराम चौधरी मंगलबार बिहानदेखि बेपत्ता भएको उहाँका छोरा राजकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बलिराम मंगलबार बिहान करिब ७ बजेको समयमा छाता किन्नका लागि घरबाट निस्केका थिए । तर राति अबेरसम्म पनि घर नफर्किएपछि सबै ठाउँ खोज तलास गर्दा पनि फेला नपरेपछी प्रहरीमासमेत खोजीका लागी निवेदन दिएको उहाँले बताउनुभयो ।


सबैले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यहरुले अपिलसमेत गरेका छन् । गौ–गरो बर्णका स्टकोट, कालो सुट र चप्पल लगाएर घरबाट निस्किएका चौधरीलाई देख्ने जो कोहीले पनी नजिकको प्रहरी कार्यालय अथवा ९७४५६४५२५६ मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।