तुलसीपुरमा बुधबार चारसय बढि ग्यास सिलिन्डर भित्रियो

तुलसीपुर, २० साउन ।
दाङको तुलसीपुरमा मात्रै बुधबार चारसय बढि सिलिण्डर भित्रिएको छ । नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका अनुसार राप्ती ग्यास उद्योगले तुलसीपुरमा चारसय १५ सिलिण्डर ग्यास पठाएको छ ।

क्षेत्रका विभिन्न ८ वटा सप्लायर्सलाई कुल ४ सय १५ थान सिलिन्डर उपलब्ध गराएको छ । उद्योगको तथ्याङ्क अनुसार किरण एण्ड सुन्दर सप्लायर्सलाई एकसय थान, न्यू भण्डारी सप्लायर्सलाई ७० थान, शुभकामना ट्रेडर्सलाई ६० थान, भण्डारी किराना तथा ग्यास सप्लायर्सलाई ५० थान, किरन स्टोरलाई ५० थान सिलिन्डर पठाइएको छ । फिलिसियानो एण्ड फिलिसा किराना ग्यास सप्लायर्सलाई ३० थान, गिरी ग्यास प्लाष्टिक पसललाई ३० थान, न्यू के।पी। ट्रेडर्सलाई २५ थान पनि ग्यास आपूर्ति गरिएको छ ।


भेरी ग्यासले तुलसीपुर क्षेत्रका चारवटा मुख्य सप्लायर्सहरू मार्फत कुल ५ सय ३४ थान सिलिन्डर बजारमा पठाएको छ । तर, त्यो ग्यास भोलि मात्रै तुलसीपुरमा वितरण हुनेछ । भेरी ग्यासले रिजाल ट्रेडिङ हाउसले २ सय थान, रिजाल ट्रेड एण्ड सप्लायर्सले १ सय ४० थान, रिजाल भेराइटिजले एक सय थान र भाग्य लक्ष्मी सप्लायर्सले ९४ थान ग्यास उपलब्ध   गराउनेछ ।