
तुलसीपुर, ११ जेठ । सल्यानबाट दाङ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।
आईतबार दिउसो साढे १ बजेतिर लु१ ज १६३७ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३, लामीडाँडा सल्यानमा दुर्घटना हुँदा कपुरकोट–५ की ६२ वर्षीया भिमा बुढा, ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय बिजय बुढाथोकी, कपुरकोट ४ का ४६ वर्षीया सिता बुढा, कपुरकोट ५ का १५ वर्षीया सपना बुढाथोकी, कपुरकोट ६ का ५५ वर्षीय गोरेलाल बोहरा, कपुरकोट ५ का ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महतारा घाइते भएका छन् ।
ति मध्ये चन्द्रकाला,पुष्पा र रोशनी बाहेक अन्इ ६ जनाको थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ, भने ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । गाडी चार सय मिटर तल खसेको थियो ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । १२ जेष्ठ २०८२, आईतवार १५:२९ बजे