रफिकोलको स्थापना दिवसमा आँखा शिविर

तुलसीपुर, ११ चैत ।
दाङ तुलसीपुर स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था(रफिकोल) को स्थापना दिवसको अवसरमा आँखा शिविर कार्यक्रम गरिएको छ । शान्तिनगर गाउँपालिकाकाको आर्थिक सहयोग तथा नेत्रज्योति संघ दाङको प्राबिधिक सहयोगमा आँखा शिविर भएको हो । गाउँमै सेवा दिने उद्देश्यले आँखा शिविर कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि प्रेमा केसीले आँखाको रोगको उपचारबाट बञ्चित हुनु नहुँने भन्दै यस्ता कार्यक्रम गाउँगाउँमा हुनुपर्ने बताईन । उनले अन्य स्वास्थ्यसंग सम्बन्धित शिविर राख्नु पर्ने बताईन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार हेमन्त योगीले शान्तिनगरको रगैचा र बबईको हंसपुरमा सेवा केन्द्र रहेको बताए । उनले संस्कृति संरक्षणमा पनि संस्थाले भूमिका खेलको बताए ।


नेत्रज्योति संघका सहसचिब चिरिञ्जिवी रिजालले संस्थाले यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताए । त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. ५ का अध्यक्ष ओपेन्द्र रावतले आँखा चिलाउँदा रक्षाचौर नै जानु पर्ने अबस्था अन्त्य गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए ।

उपाध्यक्ष रञ्जन कुमार गौतमले स्वागत मन्तब्य ब्यक्त गर्दै विगतदेखि नै सेयर सदस्य तथा आम नागरिककालागि सामाजिक काम गर्दै आएको बताए । कार्यक्रमको सहजीकरण सचिब हेमराज गौतमले गरेका थिए ।

त्यस अवसरमा पाँच सय ८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ८७ जनालाई चस्मा प्रदान गरिएको थियो, भने ३७ जनाको अप्रेशनकालागि रेफर गरिएको छ ।