तुलसीपुर खानेपानीमा राजनीतिक दलको सकारात्मक अभ्यास

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा यस क्षेत्रमा क्रियाशिल सबै राजनीतिक दलहरु एकजुट भएका छन् । यस पटक सबै राजनीतिक दलहरुले एक/एक जनाको दरले भागबन्डा गरेर सहमति कायम गरे । यसले सामाजिक संघसंस्थामा देखिएको एकताको सबैतिर प्रशंसा भयो । सामाजिक संघसंस्थाहरुमा राजनीतिक लडाई हुँदा त्यसले दीगो रुपमा प्रभाब पारेका इतिहास छन् । एक दलले जित्दा, अर्को दलले सहयोग नगर्ने प्रबृति हावी थियो । दलहरुले सामाजिक संघसंस्थाको नेतृत्वकालागि चरम राजनीति गर्ने र एक पक्षले गरिरहेका कामको अर्को पक्षले अवरोध पु¥याउने प्रबृतिले हरेक क्षेत्रको विकासमा बाधा पुगेको थियो । तर, सबै राजनीतिक दलहरुको सहभागितामा भएको यो कार्यले खानेपानी संस्थाको विकासमा टेवा पुग्नेछ ।

खानेपानी भनेको संवेदनशील क्षेत्र पनि हो । यो भनेको हरेक प्राणीकालागि नभई नहुँने कुरा भएकाले पनि जनताले बढि चुस्त र सहजता खोज्ने गर्छन् । त्यो सहजताकालागि सक्षम र सबल नेतृत्व चाहिन्छ । सक्षम नेतृत्वकालागि सबैको सहयोग चाहिन्छ । सबैको सहयोग भएमा मात्रै नेतृत्व सफल हुने कुरा हो । अहिले जुन हिसाबले सहमति भएको छ, यसले आउने नेतृत्वकालागि काम गर्न निकै सहज बनाउछ । सबै राजनीतिक दलहरुले अपनत्व महशुस गर्नेछन् । सबै राजनीतिक दलहरुले आफूले जितेको अनुभूति गर्नेछन्, र खानेपानीको विकासकालागि सबैबाट सहयोग हुनेछ ।


अझै पनि तुलसीपुरमा खानेपानीको समस्या नै छ । घरमा धारा जडान भएका छैनन् । धारा जडानमा पनि राजनीतिक प्र्रभाब हुने स्थिति थियो । मुहान संरक्षण गर्ने उतिकै चुनौति छ । पटक–पटक तुलसीपुर खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन् गर्ने गरि गोप्य रुपमा प्रक्रिया अघि बढाएकोजस्ता कुराहरु आउछन्, अबको नेतृत्वले यसमा गम्भीर भएर ध्यान दिनेछ । सामाजिक संघसंस्थामा राजनीति भन्दा जनताको सेवामा बढि केन्द्रित हुनेछ, भन्ने सञ्देश दिनेछ । ९ राजनीतिक दलको सहमितको मर्म र सन्देश पनि त्यही हो । खानेपानी मात्रै होईन्, अब सबै क्षेत्रमा राजनीतिक प्रतिष्पर्धा भन्दा पनि राजनीतिक सहमति कायम गरेर अगाडी बढ्ने र सबैको अपनत्व हुनेगरि काम गर्न सकियो भने त्यसले यहाँका राजनीतिक दलको अभ्यासको चौतर्फी प्रशंसा हुनेछ, भने विकासले पनि फड्को मार्नेछ । यसतर्फ ध्यान दिन आबश्यक छ । साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'सोमबार अगिम सम्पादकीय... Weekly, Dec. Monday 2021) www.livedang.com विविध कार्यंदिशा पश्चगामी भइसक्यो: तुलसीपुर खानेपानीमा राजनीतिक दलको सकारात्मक अम्यास तुलसीपुर खानेपानी क्रियाशिल छन् राजनीतिक राजनीतिक दरले भागबन्डा सहमात कायम प्रशंसा लडाई प्रभाब कामको अवरोध पुऱ्याउने थियो भएको सवै राजनीतिक दलहरुको कार्यले खानेपानी संस्थाको विकासमा खानेपानी हरेक संवेदनशील नभई राष्ट्रिय सबैको सहयोग हिसाबले पन्शी यसले आउने बनाउछ सवै महशुस गनेछन्। राजनीतिक गर्नेछन,र विकासकालागि सबैबाट सहयोग अभै तुलसीपुरमा धारा यियो। राजनीतिक उतिकै चुनौति तुलसीपुर खानेपानीको कुराहर यसमा म्भीर दिनेछ सहमितको होईन प्रतिष्पर्धा भन्दा राजनीतिक अगाडी बढ़ूने सबैको सकियो यसले यहााका चौतर्फी फडका मानेछ यसतफ ध्यान विकासलेप आवश्यक'