प्रविधिमा जोडिदै दंगीशरणका महिलाहरु

प्रमोद आचार्य
दंगीशरण, ४ जेठ ।
प्रविधि र डिजिटलको अहिलेको परीबेशमा दाङको दंगीशरण गाउँपालिकाका महिलाहरु प्रविधि अनुरुप रुपान्तरीत भइरहेका छन् । विद्युतको बिल तिर्न,पानीको बिल तिर्न,मोबाइल ब्यान्किङको तर्फबाट पैसा ट्रान्सर्फर तथा हरेक डिजिटलाइज कामहरु घरमैबसि गर्न सक्ने गरी बित्तिय साक्षर हुन थालेका छन् ।

डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परीयोजना समुन्नति डिजिटल फाइनान्स बित्तिय शिक्षा र डिजिटल साक्षरता तालिमबाट महिलाहरु डिजिटल च्याम्पियन बन्न थालेका हुन् । आइतबार समुन्नति परीयोजना मार्फत बित्तीय साक्षरता कक्षा संचालन भइरहेको सिम्ठाना विद्युतिय वित्तिय साक्षरता कक्षाको अनुगमनका क्रममा साक्षरता तालिमका सहभागी महिलाहरुले वित्तीय साक्षरता तालिमले आफुहरुलाई मौसमवारे जानकारी लिनेदेखि हरेक कार्यहरु घरमैबसी गर्नसक्ने भएकाले समय र खर्चहुने आर्थिक कुरामा बचतगर्न समेत आफुहरु सक्षम भएको बताएका छन् । २०८१ कार्तिक ११ गतेदेखि शुरुभएको साक्षरता तालिमको प्रशिक्षकमा महिला डिजिटल च्याम्पियन अन्जु चौधरी रहेकी थिइन । वित्तीय साक्षरतामा २० जना महिलाहरुको सहभागीता रहेको थियो ।

वित्तिय साक्षरता कक्षाको अनुगमन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी,गाउँपालिका अध्यक्ष पिमा वली खड्का, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले गरेका थिए ।अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले वित्तिय साक्षरता कक्षामा सिकेका कुराहरुलाइ दैनिक जिवनमा लागु गरी अगाडि बढ्न आग्रह गरे ।


यस्तै अध्यक्ष गिरीले केहि सिपसिकि आत्मनिर्भर हुन चहाने महिला समुहरुका लागि आफुहरुले सिक्न चहाने सिपको नामसहित माग गरे बजेट बिनियोजन गर्न आफु प्रतिबद्ध रहेको बताए । सोहि अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले अहिलेको प्रविधिको युगमा प्रबिधिमैत्री बन्न अपरीहार्य रहेको बताइन । बचत गरेको समय र खर्चलाई व्यावसायिक उत्पादनमा जोडदिनुपर्ने उपाध्यक्ष खड्काको भनाइ थियो ।

दंगीशरणमा ४६ वटा वित्तीय कक्षा मार्फत ९५० जना सहभागी हरुलाइ डिजिटल साक्षर बानाइएको समुन्नति परीयिजनाका सयोजक लक्ष्मण विष्टले बताए ।परीयोजनाले २३७ डिजिटल च्याम्पियनको घरमा निःशुल्क ईन्टरनेट जडान गरीएको समेत बिष्टले बताए ।