अब घोराहीमा पनि बैज्ञानिक बास्तु शास्त्रको काम हुने

दाङ, ४ जेठ । अबदेखि दाङको घोराहीमा बैज्ञानिक बास्तु शास्त्रको काम हुने भएको छ । प्राइमफेस इन्जिनियरिङ तथा बास्तु कन्सलटेन्सीको आइतबार उद्घाटन भएको हो । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसी र वुवा भोजबहादुर केसीले उक्त कन्सलटेन्सीको शाखा सिलन्यास गरेका हुन् ।

तेस्रो शाखाका रुपमा उक्त कन्सलटेन्सी घोराहीमा सञ्चालनमा आएको हो । यसको मुख्य कार्यालय दाङको तुलसीपुरमा छ, भने शाखा कोहलपुरमा रहेको छ । तेस्रो शाखाका रुपमा घोराहीमा उद्घाटन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डीसीले कुनै पनि संरचना निर्माण गर्दा बास्तु महत्वपूर्ण रहेको बताईन् । इन्जिनियर विक्रमबाबु केसी र सूर्य बहादुर थापाले उक्त कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् ।

घोराहीको जिल्ला अदालत नजिकबाट उक्त कनसलटेन्सी सञ्चालनमा ल्याईएको हो । जसले बैज्ञानिक बास्तु शास्त्रसहितको घर, भवन निर्माण तथा घर भित्रको संरचना निर्माण गर्नुकासाथै नक्सा तयार गर्ने कार्य गर्नेछ। घर शान्ति बनाउन बास्तु शास्त्रको भूमिका महत्पूर्ण हुने भन्दै यो अहिलेको अपरिहार्य रहेको समेत उनको भनाई थियो । बैद्धिक बास्तु शास्त्र अध्ययन गरेका ब्यक्तीबाट काम हुने समेत उनले बताए ।


नक्सा डिजाइन, इन्जिनियरिङ सेवा, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन संरचना विश्लेषण, वैज्ञानिक वास्तु सेवा, वैदिक वास्तु परामर्श र वैङ्किङ मूल्याङ्कनलगायतका सेवा दिने उनको भनाई छ । संस्थामार्फत व्यक्तिगत वा संस्थागत भवन निर्माणको सुरुवातदेखि अन्तिम चरणसम्म सम्पूर्ण कार्य सम्पन्न गरी भवनको साँचोसहित हस्तान्तरण गर्ने सेवा पनि घोराहीबाट उपलब्ध गराइनेछ।

आधुनिक प्रविधि र परम्परागत ज्ञानको संयोजनमार्फत सेवा प्रवाह गर्दै आएको प्राइम फेशले भौगोलिक अवस्था, वातावरणीय प्रभाव र ऊर्जा सन्तुलनलाई ध्यानमा राखेर परामर्श प्रदान गर्ने बताइएको छ। संस्थामा हाल ११ जना प्रत्यक्षरूपमा रोजगारीमा संलग्न छन्।