किसानलाई कृषि सामग्री प्रदान

तुलसीपुर, १७ असार । दाङ तुलसीपुर उपमहानगर र दंगीशरण गाउँपालिकाका किसानहरुलाई कृषि सामग्री प्रदान गरिएको छ । कृषक समूहलाई २ वटा मिनि टिलर, ४ वटा कन्सेलर र ३ वटा ज्याप प्लान्टर वितरण गरिएको हो । ति मेसिनले किसानहरुलाई मकै रोप्ने, मकै छोडाउने, खेत जोत्ने काममा सहज हुनेछ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नं.११, १२, १३ र १६ लाई लक्षित गरि ति सामग्री हस्तान्तरण गरिएको हो, भने दंगीशरण गाउँपालिकाको वडा नं.१ र २ लाई लक्षित गरिएको हो । साथै किसानहरुलाई विउ राख्नकालागि ग्रिन हर्मेटिक ब्याग एक सय वटा, विषादी बनाउने ड्रम ३० वटा तथा कम्पोष्ट मल पनि वितरण गरिएको थियो ।

उक्त सामग्रीको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा प्रमुख खड्काले कृषि क्षेत्रलाई आधुनिकतासंग जोड्नु पर्ने बताए । डिकेए अस्ट्रियाको आर्थिक सहयोग तथा समाजमा वातावरणीय शिक्षाको विकास(सीड)को आयोजनामा उक्त कार्यक्रम भएको सीडका कार्यक्रम निर्देशक भागिराम चौधरीले बताए ।


सीडका उपाध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक विनोद चौधरीले गरेका थिए ।