
तुलसीपुर, ३ जेठ । नेकपा(माओवादी केन्द्र) निकट नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरको अध्यक्षमा बेदप्रसाद वली निर्वाचित भएका छन् । महासंघको शनिबार भएको दोस्रो अधिवेशनले वलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उद्योग उपाध्यक्षमा इन्द्रबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा मिना कुमारी केसी वली, महासचिबमा कृष्ण बहादुर पुन, कोषाध्यक्षमा खुम बहादुर भण्डारी, सचिबमा मिसन कुमार सुनार, सहकोषाध्यक्षमा खम्बे थापालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा शेरबहादुर छिनाल,टिकाराम केसी, एकराज कडेँल,बालाराम घर्ती मगर, चेतना बाँठामगर र बम बहादुर रोकायलाई चयन गरिएको छ ।
संगठनका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य(विमल)को प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले ब्यबसायीको हकतितकालागि यो संगठनले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए । आर्थिक समृद्धिकालागि ब्यबसायीहरुको भूमिका महत्वपूर्ण हुने समेत उनले बताए ।



जहाँ ब्यबसायिक रुपमा सफल हुन्छ, त्यहाँको समाज समृद्ध हुने समेत उनको भनाई थियो । कार्यक्रमका माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की, महासंघका केन्द्रीय महासचिब खेम नारायण पराजुली, पार्टीका लेखा आयोगक सदस्य रामबहादुर दहित, सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी,महासंघका लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मिनराज भण्डारी, प्रदेश महासचिब महेन्द्र बुढाथोकी,जिल्ला अध्यक्ष डिल्लीबहादुर वली,प्रदेश सचिब शेसकान्त ढकाल, जिल्ला महासचिब विकास वली, पार्टीका प्रदेश कमिटि सदस्य प्रेमराज वली, नगर इन्चार्ज डिल्ली अधिकारी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरी, ४ का अध्यक्ष तुलसी थापा, १६ का अध्यक्ष शिवानन्द डाँगी, १ का अध्यक्ष हुमकान्त सापकोटा, पार्टीका नगर अध्यक्ष मोहन थापा, प्रदेश कमिटि सदस्य विरेन्द्र विक, वाइसिएल नेता हरिश गिरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण कृष्णबहादुर पुनले गरेका थिए ।
लाइभदाङ । ४ जेष्ठ २०८२, शनिबार २१:३९ बजे