सविता रोका
हरेक महामारी होस्, या जुनसुकै अफ्टेरो परिस्थितमा सधै अगाडी आउने एउटा नाम हो, यज्ञबहादुर केसी । उनी जनस्वास्थ्य सन्दर्भमा जोखिम मोलेर सेवामा खटिन्छन् । उनको एउटा भावना छ, जनताको सेवामा निस्वार्थ खट्ने । उनी १२ बर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । हेल्थ असिष्टेन्ट पदमा अहिले तुलसीपुर १४ स्थ्ति ड्वाङपुर स्वास्थ्य चौकीमा कार्यरत छन् । २०३९/१०/०९ गते साविकको विजौरी गा.वि.स –२ मा जन्मिएका उनका एक दाजु र दुई बहिनी छन् । उनी अहिले बुवा–आमा सँग बसिरहेका छन् । उनको श्रीमती, १ छोरी र १ छोरा रहेका छन् ।
उनको बाल्यकाल बाल्यकाल जन्मस्थानमै बित्यो । एक सामान्य कृषक परिवारमा जन्मिएका उनी प्रा.विं भित्रि संक्रममा कक्षा १ देखि औपचारिक शिक्षा सुरु गरेका थिए । उनी कक्षामा कहिल्यै प्रथम त, कहिल्यै दोस्रो हुन्थे । उनी प्राय ः सामान्य भेसभुसा र किताव कापीहरु हातमै बोकेर जाने गर्थे । हरेक सुक्रबार सधै बिद्यार्थीहरुले गाईको गोवर खोजेर कक्षा कोठाहरु पोत्ने । स्कुल चौरतिर सफा गर्ने गरेको उनी सधै सम्झिन्छन् । त्यतिबेला बेञ्च र टेवुल हुदैन्थ्यो । घरबाट युरिया, रासायनिक मल हालेको बोरा भित्रको प्लाष्टिकलाई ओछ्याइन्थ्यो । घरबाट आउँदा जाँदाको ३ घण्टाको दुरीमा रहेको जनकल्यान मावि दुधरासबाट उनले एसएलसी पास गरे । त्यउपछि उनले सीएमए, आईए र विएड अध्ययन गरे । बाल्यकालमा विद्यालय जाने, होमवर्क लेख्ने, पढ्ने र बाँकी समयमा वुावा आमालाई घरायसी काममा सहयोग गर्थे ।
जीवनको रमाइलो पल
उनी त्यतिबेला सामाजिक काममा पनि उतिकै रुची राख्थे । साथीहरुसंग मिलेर समुदायमा सामाजिक काम गर्ने र विभिन्न सन्देश र चेतनामुलक कार्यमा सानै देखि रुचि थियो । २०५५ सालतिरको कुरा हो उनी आफ्नो दाजु डिल्ली केसीको अध्यक्ष र भिविसन रोका मगरको सक्रियतामा रहेको देउराली यवा क्लबमा रहेर सक्रिय भूमिका निर्वाह गरे ।
त्यतिबेला क्लवको ओयोजनामा सन्देशमुलक गीत तथा नृत्यमा सहभागी भएको र एक बर्षको तिहारमा तीन दिन सम्म भैलो खेल्ने, खाना खाने समय जहाँनेर हुन्छ, त्यही गाउँघरमा सहयोग लिएर भोज खाएर रमाईलो गरेको उनलाई निकै याद आउछ । सक्राममा एउटा चौतारा पनि उनीहरुकै पहलमा निर्माण भएको छ । जहाँ अहिले बिभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
पाँचसय बढि सुत्केरी आमाहरुको सेवा गर्दा
उनी सानै देखि स्वास्थ्य क्षेत्रमा रहेर माज सेवा गर्ने रुचि थियो । त्यसकै फलस्वरुप २०५६ जेठमा महेन्द्रनगरबाट बैतडीका लागि अहेव पदमा सरकारी जागिरीको शुरुवाती भएदेखी सपना साकार भएको महसुस हुन थालेको थियो । पहिलोपटक बैतडी जिल्लाको पुचौडी ,भटना उपस्वास्थ्य चौकीमा ३ वर्ष, सल्यान जील्लाको कार्यगोठी र कालीमाटी काल्चे स्वास्थ्य चौकीमा ३ वर्ष, दाङको बाघमारे स्वास्थ्य चौकीमा करिव ३ वर्ष, धादिङ जील्लाको गजुरी पिडा स्वास्थ्य चौकी हुदै ड्वाङ्पुर नगर स्वास्थ्य केन्द्रमा साढे २ बर्ष देखी नियमित कार्यरत छन् । उनले स्वास्थ्यमा सेवा सुरु गरेको १२ बर्ष पुग्यो ।
उनी स्वास्थ्य सेवाको पेशामा लागेदेखि आफ्नो कार्य क्षेत्र परको सुत्केरी सेवा करिव पाँचसय जना भन्दा धेरैलाई सेवा दिएका छन् । जसले गर्दा धेरै आमा र वच्चाको स्वास्थ्यका लागि पनि केहि गर्न सकेको उनको अनुभूति छ । पछिल्ला वर्षहरुमा उनले गाउँघरमा मासिक सेवा परामर्स दिदै आएका छन् । उनी ईमान्दार मध्येका एक कर्मचारी हुन् । सरकारी काम कहिले जाला घाम भनेर जागिर फकाउने नियत कहिल्यै पलाएन बरु त्यसवेला १०– २ बजे सम्ममात्र बुझ्ने स्वास्थ्य संस्थालाई बेलुकी ४ वजे सम्म सेवा समय बढाएर गर्ने गरेको उनी बताउछन् । हरेक स्वस्थ्य संस्थामा गर्नूपर्ने कामहरु उस्तै हुन् र उस्तै तरिकाले चलिरहेका हुन्छन । ति जिम्मेवारलाई शुरुका दिनहरु देखि नै केहि फरक ढंगले गर्ने प्रयत्न गरिरहेका हुन्छन् । तत्कालिन सर्वदलिय संयन्त्र र वडा नागरिक मञ्च सहयोगी संघ संस्था र समाजसेवीहरु संगको निकट सहकार्यलाईहाल जनप्रतिनिधीहरु र टोलविकास समितिहरुसँग निरन्तरता दिइरहेको छन् ।
‘हरेक सेवाग्राहीहरुलाई केहि फरक महसुस हुने गरीकाम गर्दा समुदायलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी प्रतिको विश्वास बढ्ने र सबै संघ संस्था प्रतिको अपनत्व हुने भएकाले यसो गर्नु मेरो प्रयास हो’ उनी भन्छन् । रोग लागिसकेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बुद्धीमानी हो भन्ने नारासहित उनले केहि स्वास्थ्य सन्देशहरु समेटेर २०७८ सालको भित्तेपात्रो पनि प्रकासन गरेका छन् । यो दाङ जिल्लाकै स्वास्थ्य चौकीको पहिलो प्रयास ठान्छन् ।
‘कुनै पनि काम धेरै जनालाई महसुस हुनेगरी वा केहि परिवर्तनका लागि चालिएका पहल कदमीहरुमा थुप्रै चुनौतीहरु पनि हुन्छन् । यिनै चुनौतिहरुसंग जुधेर विरानो वस्तीमा कामचोर र अल्छी आफ्नै सहकर्मी र लाल सञ्चालित गिरोहको धम्कीपुर्ण गतिविधिसंगको पौठेजोडीमा सम्बन्धीत निकाय र समुदायले आफूलाई दिएको त्यो साथ अहिले पनि मलाई खोपको रुपमा काम गरेको ठानेको छु ।’, उनी भन्छन् ।
विरामीहरु मध्ये कम्तीमा ४०% भन्दाबढिलाई मन–मस्तिष्क अर्थात मनोविकासबाट सिर्जित स्वास्थ्य समस्याहरु बलिझरहेका हुन्छन् । द्धन्दकालिन अवस्था, भुकम्प, बैदेशिक रोजगार, गरिवी बेरोजगार, महामारी, मदिरापान, आदि विभिन्न कारणबाट यस्तो भएको पाइन्छ । त्यसैले रोग गराउने मुख्य कारक पत्ता लगाएर उपचारमा अन्यन्तै उपयोगी मनोपरामर्शलाई उपयोगमा ल्याएर सेवा दिने काम विगतका वर्षहरु देखि नै गर्दै आएको छन् ।
जव कोभिड संक्रमणको दोस्रो लहर सुरु भयो । त्यस तत्पश्चात बिरामी र परिवारको लागि मनोसामाजिक परामर्श र सहयोग अपरिहार्य देखिएकाले ७८ वैशाख १२ देखी जनस्वास्थ्य प्रबन्धन शाखा प्रमुख ओमपी यो कामको लागि उनलाई जिम्मेवारी सुम्पिएका थिए । ति कृयाकलापको प्रभावकारिता र माग बमोजिम नगरप्रमुख घनश्याम पाण्डेले प तिन जना तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ता सहितको एक नगर स्तरिय मनोपरामर्श समुह स्थापित गरे । बैशाख २९ गते देखी पत्रकार सुशिल बस्नेतको संयोजनामा तुलसीपुर नगरस्तरिय मनोपरामर्श समुहमा आबद्ध भएर काम गर्ने अवसर पनि पाएको छ ।
आफ्नो सहकर्मीको सहयोग नपाउँदाको नमिठो पल
स्वस्थ्य सेवा सुधारका लागि गरिने प्रयासमा कहि कतै (नाम लिन चाहन्न) काम चोर र अल्छी आफ्नै सहकर्मी मार्फत पाएका दुःख नै उनको जीवनको नमिठो पल हो । सफल संघर्ष आदि द्वन्द कालमा देउराली युवा क्लवले उनीहरुको चाहना अनुरुपको काम नगर्दा (मेरो दाजु अध्यक्ष हुनुहुन्थ्यो) दशैपर्वमा चेतना र सन्देश मुलक संस्कृतिक कार्यक्रम हुदै गर्दा उनीहरुको चाहना अनुरुप नगरेपछि कार्यक्रम कब्जा गरि २ हप्ता सम्म घरमै आई बारम्बार मानसिक यातना दिएको घटना पनि उनको जीवनको नमिठो पल थियो ।
जीवन भनेको सिकाईको अनन्त यात्रा हो । जुन यात्रा टुंगोमा पुग्न नपाउदै बिलिन हुन्छ । कसैलाई गुनासो नगरी केवल आफ्नो कर्तव्य र जिम्मेवारीलाई निरन्तरता दिदै आफ्नो काम प्रति आत्मसन्तुष्टि लिनु नै सर्वउत्तम हुने उनको सिकाई र बुझाई छ ।
जीवनप्रतिको बुझाई
हरेक सजिवहरु जन्मिन्छन् र मर्छन । यहि जन्म र मृत्युबीचको समय नै जीवन हो । यहि जीवन्त समयलाई कसले कसरी सदुपयोग ग¥यो यो महत्वपुर्ण विषय हो । आफ्नो लागि सवै बनस्पती र प्राणीजातले प्राण धानेकै हुन्छन् । तर आफ्नो समाज, छिमेक, समुदाय र राष्ट्रको लागि मैले कस्तो भूमिका निर्बाह गरेँ यो सोचनीय कुरा हो । मानिस संसार मै सर्वश्रेष्ठ प्राणी भएकै कारण आफ्नो जीवनलाई अरुको जीवनसंग जोडिएर संघर्ष र सहयोगीसिद्ध हुन सक्नुपर्छ ।
आफ्नो जीवनलाई कसैसंग तुलना नगरी स्वतन्त्र सामाजिक जीवन जीउने कला चाहिन्छ । आमाले दिएको यो जीवन दोह¥याएर आउँदैन । सफल जीवन वा खुसीको जीवन भाकल गरेर मागेर वा किनेर पाईने होइन, सुखी र खुसी जीवनको आसमा तनाव र निराशमुक्त जीवन मात्र पाईने हो । त्यसैले हामी जीउनुको अर्काले समाजका लागि केटी लिएर पुस्ता हस्तान्तरण गर्दै खुसी जीवनलाई महसुस गर्ने कुरा हो । मेरो जीवनको लक्ष्य पनि यसरी नै स्वास्थ्य क्षेत्रमै रहेर समाज सेवा गर्ने थियो । लक्ष्य अनुसारको पेशामा अघि बढ्न मेरो बुवा र दाजुले क्षमता अनुसारले भरपुर प्रेरणा र उत्साह भर्दिनु भयो ।
जीवनका सुखद पलहरु
दुर्घटना र विरामीहरु सेवा एवं सरकारी सेवामा प्रबेश भएको दिनको सबै दुर्गम र विकट बस्तीहरुमा सुत्केरी सेवा दिएर धेरै जना आमा र बच्चाको विग्रदो स्वास्थ्यलाई बचाउन सकेको ति दिनहरु सम्झदा पनि आनन्द लाग्छ । स्वास्थ्य सेवा सुधारमा मैले गरेका केहि गतिविधिहरुलाई कसैले सिको गरेर अभ्यास गरेको देख्दा पनि उत्तीकै खुसी लाग्छ । कोभिड संक्रमणको दोस्रो लहर संगै हामीले विरामी र परिवारलाई बैशाख १२ देखी नै शुरु गरेको मनो–सामाजिक मरामर्सको कामलाई हाल धेरै ठाउँहरुमा सफल अभ्यास भइरहेको छ । विरामी र विरामीको परिवारबाट पाएको धन्यबाद र म प्रति सामित्यताको फोन र सामाजिक सञ्जालबाट आएको प्रतिकृयाहरु नै मेरा लागि खुसीका पलहरु हुन् । मेरो बाँकी जीवनलाई यसरी नै सामाजिक सेवामा समुदायले प्रत्यक्ष गर्न सक्ने गरी सवै निकायहरु संग समन्वय गर्दै विताउने मनसाय रहेको छ ।
लाइभदाङ । २१ भाद्र २०७८, सोमबार २१:३९ बजे