तुलसीपुरबाट ९ जुवाडे पक्राउ

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

तुलसीपुर, २ जेठ । दाङको तुलसीपुरबाट ९ जुवाडे पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ घर भई हाल दाङको तुलसीपुर–५ बस्ने ४६ बर्षीय मिन बहादुर घर्ति, बागचौर नगरपालिका–४ घर भई हाल तुलसीपुर–५ बस्ने ४० बर्षीय शेर बहादुर घर्ति, तुलसीपुर–६ बस्ने ५१ बर्षीय नर बहादुर शाही, तुलसीपुर–८ बस्ने ४४ बर्षीय निम बहादुर भण्डारी, तुलसीपुर–६ बस्ने ४० बर्षीय बिष्णु प्रसाद नेपाली, तुलसीपुर–८ बस्ने ३७ बर्षीय बिश्व डाँगी, तुलसीपुर–६ बस्ने ४३ बर्षीय डिल बहादुर नेपाली, ४८ बर्षीय ओम बहादुर थापा र तुलसीपुर–७ बस्ने ४२ बर्षीय प्रकाश भुसाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

प्रहरीका अनुसार तुलसीपुर–५ न्युरोड स्थित मिन बहादुर घर्तिको घरमा अबैध रुपमा जुवाँ खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज दिउँसो ३ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४६ हजार ६ सय ४५ रुपैयाँ नगदसहित ३ गड्डी तास पनि बरामद गरेको छ । उनीहरुलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । गत बैशाख ३१ गते मात्रै तुलसीपुरको गुम्राचोकबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको थियो ।