
दाङ, १ जेठ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । बिहिबारदेखि युरोलोजिष्ट सर्जन डा. सुशील खनियाले सेवा सुरु गरेका थिए ।
यो सेवा सुरु भएसंगै पिसाब, प्रोष्टेड र मृगौलामा परेको पत्थरी, पिसावको नली, थैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाव पोल्ने, चुहिनेलगायतका सेवाहरु प्राप्त गर्ने अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीले बताए ।
यस अघि यो सेवाकालागि जिल्ला बाहिर जानुपर्ने अबस्था थियो । “स्थानीय स्तरमा यो सेवा दिन सुरु गरेका छौं”,उनले भने “अब बाहिरी जिल्ला जानु पर्ने अबस्था रहनेछैन ।” प्रतिष्ठानले जिल्ला बाहिर जाने अबस्थाको अन्त्यकालागि नयाँ–नयाँ सेवा सुरु गरिरहेको समेत उनको भनाई थियो ।



लाइभदाङ । २ जेष्ठ २०८२, बिहीबार २२:०१ बजे