तुलसीपुर खानेपानी निर्वाचन : गठबन्धनको विरुद्ध बागी हालेका सबैको उम्मेदवारी फिर्ता लिने लगाईने

गठबन्धनका उम्मेदवारहरु

तुलसीपुर
१२ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वकालागि हुन लागेको निर्वाचनमा गठबन्धनका विरुद्ध वागी हालेका सबै उम्मेदवारको उम्मेदारी फिर्ता लिन लगाउने मौखिक सहमति भएको छ ।

गठबन्धनका एक नेताले भने‘९ दलको गठबन्धन भित्रबाट पनि धेरै जनाको उम्मेदवारी परेको छ, ति सबैलाई आ–आफ्नो दलले उम्मेदवारी फिर्ता लिन लगाउने गरि मौखिक सहमति गरेका छौं ।’ यस विषयमा मंगलबार विहान ८ बजे पुनः गठबन्धनको बैठक बस्ने समेत निर्णय भएको छ । उम्मेदवारी फिर्ता लिने समय बुधबार विहान ११ बजेसम्म तोकिएको छ ।


गठबन्धनका विरुद्ध काँग्रेसका १४ जना, विप्वलका ७, माओवादी केन्द्रका ४, एमालेका ३ जनाले वागी उम्मेदवार दिएका छन् । साथै नेपाली काँग्रेस बीपीका दीपक कुमार धितालले पनि अध्यक्षमा उम्मेदवारी हालेकाले उनलाई पनि उम्मेदवारी फिर्ता लिन लगाउने गरि छलफल अगाडि बढाईएको गठबन्धनकै एक नेताले जानकारी दिए ।