वडाध्यक्ष वली भन्छन्ःमान्छे बसेको जग्गा विश्वविद्यालयले अतिक्रमण गरेको हो

तुलसीपुर, १६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष माधव वलीले नेपाल संस्कृतिक विश्वविद्यालयले मान्छे बसेको जग्गा अतिक्रमणमा परेको खुलासा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै २०२८÷०२९ तिर नागरिकहरु बसोबास गरिरहेको अबस्थामा २०३४ सालतिर विश्वविद्यालयले आफ्नो नाममा जग्गा लिएको बताएका हुन् ।

“हामी सँग प्रमाण छन्,२०२८/२९ साल देखि नागरिकहरु बसोबास गरिरहेको जमिन पछी आएर २०३४ सालमा तत्कालिन जनता महाविद्यालय हालको नेपाल संस्कृत विश्वविद्यालयको नाममा दर्ता भएका छन”,उनले लेखेका छन्“ यो बिषय यसभन्दा अगाडि पनि पटक पटकका जग्गा व्यवस्थापन सम्बन्धि छलफलमा उठिसकेका छन्, सरासर यहाँ विश्वविद्यालयले नागरिकको जमिन अतिक्रमण गरेको छ नागरिकले होईन । त्यसैले यसमा बलजफती हुन नहुँने उनको भनाई छ ।


दाङको तुलसीपुर १८ बेलझुण्डीमा मात्रै २० विघा जग्गा अतिक्रमणमा परेको छ ।