माओवादीप्रति विश्वास बढेको छ, तर, हौसिने बेला भएको छैन : कुवेर वली

तुलसीपुर, २७  वैशाख । नेकपा माओवादी केन्द्रका निर्वाचन आयोग संयोजक कुवेर ओलीले माओवादीप्रति जनतामा विश्वास बढेको बताएका छन् ।

प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वलीले माओवादी ट्रयाकमा अघि बढिरहेको बताएका छन् ।“माओवादी ट्रयाकमा अघि बढिरहेको छ, जनतामा एउटा भ्रम थियो, त्यो ब्यहारले पुष्टि भइसकेको छ”,उनले भने“अहिले पार्टीप्रति विश्वास बढेको छ,तर, हौसिने बेला भने भएको छैन ।”


विगतमा पनि राम्रो हुँदा जनताले अत्यधिक मत सहित जिताएको अबस्थामा पनि पछि कमजोर हुने अबस्था भएको भन्दै विगतबाट पाठ सिक्नु पर्ने बेला आएको समेत बताए । उनले ०८४ मा बहुमतसहित आउने कुरा समेत बताए ।

महासंघका अध्यक्ष शेरबहादुर बीसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्की, सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारी, प्रदेश सदस्य तुलसी थापा, नगर कमिटि अध्यक्ष मोहन थापा,महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम खड्का,हिरनेराज शर्मा, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष धनबहादुर बुढाक्षेत्री, कर्णाली प्रदेश अध्यक्ष तारा रिजाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब जीवन खड्काले गरेका थिए ।