
दाङ, २५ फागुन ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम अनुसार दाङ–२ मा २० जना उम्मेदवारको जमानत जफत भएको छ । दाङ–२ मा जम्मा सदरमत ७९ हजार चारसय ४० रहेकोमा सोही मतको १० प्रतिशत मत नल्याउने २० जनाको जमानत जफत भएको हो ।
जमानत जोगाउनकालागि ७ हजार ९ सय ४० मत ल्याउनु पर्छ । त्यो मत ल्याउनेमा एमाले महासचिब समेत रहेका शंकर पोखरेलले १५ हजार २ सय ८७ र काँग्रेसका किरण किशोर घिमिरेको ११ हजार ५ सय ५८ मत ल्याउनु भएको थियो ।
सोही निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन कुमार आचार्यले ४३ हजार ५ सय ५९ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बाहेक नेकपाका उम्मेदवार निर्मल आचार्यसहित २० जना उम्मेदवारले सोही मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।



लाइभदाङ । २५ फाल्गुन २०८२, सोमबार १३:५८ बजे