विश्वविद्यालयमा शिक्षक छनौटमा बदमासी भएको भन्दै अख्तियारमा उजुरी

दाङ,१२ चैत । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा शिक्षक छनोटका विषयमा अनियमिताता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन जनता विद्यापीठले सेवा आयोग मार्फत शिक्षक छनोट गर्नुपर्ने भएपनि समिति बनाएर शिक्षक छनोट प्रक्रिया अगाडी बढाएको भन्दै अख्तियारमा उजुरी दिएको हो ।

साथै विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमै रहेपनि काठमाडौंमा अन्तरवार्ता लिएको, अन्तरवार्ताको मिति चैत १३ गते तोकिएपनि कुनै सूचना विना १० गते नै अन्तरवार्ता गराएको,अन्तरवार्तामा एक जना ब्यक्तीलाई मात्रै समावेश गराउने गरि षडयन्त्र गरेको जस्ता कुरालाई लिएर उजुरी दिईएको हो ।


अन्तरवार्ता गराउने विज्ञको आफन्ति विरामी परेकाले १० गते नै अन्तरवार्ता गराउनु परेको र सबै उम्मेदवारलाई फोन गरेर जानकारी गराएको पीद्यापीठका प्रचार्य डा. मंगलाकान्त झाले बताए ।

साथै दाङमा विज्ञ नभएकाले पनि काठमाडौंमै अन्तरवार्ता गरिएको उनको भनाई छ । अन्तरवार्तामा कुनै त्रुटी नभएको समेत उनको भनाई थियो ।