
तुलसीपुर,२४ बैशाख ।
दाङको तुलसीपुरमा कारको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन्। बुधबार साँझ करिब ७:२० बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित वी.पी. चोकमा वी.पी. चोकबाट बसपार्कतर्फ जाँदै गरेको प्र.३-०१-०२४ च ०५४६ नम्बरको कारले पैदल हिँडिरहेका ३७ वर्षीय ज्ञानेन्द्र के.सी.लाई ठक्कर दिएको हो।
दुर्घटनामा के.सी.को टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ। घाइतेको अवस्था मध्यम छ।
दुर्घटनापछि कार चालक २५ वर्षीय शिवराज अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।



लाइभदाङ । २४ बैशाख २०८२, बुधबार २१:४१ बजे