तुलसीपुर, २७ असोज । दाङमा एक लाख रुपैयाँ सहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको प्रहरी टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँ सहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ३ निवासी ३५ वर्षका गणेश योगी, सोही ठाउँ निवासी मेघराज रजौरे, ४० वर्षका लम्बुधर चौधरी, ५५ वर्षका भागीराम चौधरी, ३० वर्षका श्यामेश्वर वली, ३९ वर्षका निराजन धिताल, ५० वर्षका महावीर चौधरी, ४२ वर्षका शिवहरी धिताल, ३५ वर्षका ओम प्रकाश पुरी, ३२ वर्षका गोकुल धिताल र ४१ आनन्द रजौरे रहेका छन् ।
प्रहरीले ४ गड्डी तास, तास खेल्नको लागी बिछाएको म्याट्स समेत बरामद गरेको छ । भागीराम चाौधरीको घरबाट करिब साढे १० बजे पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
पक्राउ परेकाको आफन्तले भने चाडपर्वको समयमा साथीभाइ जम्मा भएर रमाइलो गर्दै गरेका युवाहरुलाई पक्राउ गरेर प्रहरीले अन्याय गरेको आरोप लगाएका छन् । तास खेल्दै गर्दा तासको छेउमा राखेको पैसालाई मात्रै आधार मान्नु पर्ने बताउँदै उनिहरुले गोजीबाट झीकेको पैसालाई जुवामा बरामद गरेको भन्न निमल्ने तर्क गरेका छन् ।
लाइभदाङ । २७ आश्विन २०८१, आईतवार १०:१८ बजे