९ दलिय गठबन्धनको उम्मेदवारी घोषणामा खेम वलीले भने‘अर्को टिमले पनि उम्मेदवारी हाल्दैछ’

तुलसीपुर
११ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले अर्को समूहले पनि नेतृत्वकालागि उम्मेदवारी हाल्न लागेको खुलासा गरेका हुन् । विप्लव निकट नेकपाका नेता समेत रहेका वलीले भने‘अर्को टिमले पनि उम्मेदवार हाल्दैछ, तर मेरो सहयोग गठबन्धनलाई नै हुन्छ ।’

आइतबार विहान काँग्रेस, एमाले, माओवादी केन्द्रसहित ९ दलले उम्मेदवारी घोषणा गरेका छन् । त्यस अवसरमा वलीले अख्तियारमा खानेपानीका विरुद्ध ३१ जनाले मुद्दा हालेको समेत बताए ।‘काँग्रेसका ३१ जनाको हस्ताक्षरमा मुद्दा हालिएको छ’,उनले भने‘त्यही नैतिकताले आज तपाईहरुले दलिय सहमति गर्दैहुनुहुन्छ ।’

त्यस अवसरमा काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले अर्को टिमले उम्मेदवारी हाल्ने भनि वलीले भनेको कुराले शंका उत्पन्न भएको बताए ।‘खेम जीले जुन कुरा राख्नु भयो, अर्को टिमले उम्मेदवारी हाल्दैछ भन्ने, तर, उहाँले सहयोग गठबन्धनलाई नै गर्छु भन्नुभयो’, उनले भने‘ यसले शंका भने जन्मिएको छ, कहिनिर खुवा देखियो भने त्यहाँ आगो बलेको छ भन्ने कुरा बुझ्नु पर्छ ।’


यो शंका वलीले निवारण गर्नु पर्ने गिरीको भनाई थियो ।

स्रोतका अनुसार २० वटा जति उम्मेदवारी दर्ताका फर्म यस अघि नै केही ब्यक्तीले लिईसकेका छन् । उनीहरुले नै ९ दलिय सहमति विपरित उम्मेदवारी दिन लागेको भनि शंका उत्पन्न भएको छ ।