सर्पको टोकाईबाट दाङमा तीन बर्षीया बालिकाको मृत्यु

तस्वीर : कुलदीप न्यौपाने

तुलसीपुर
१० भदौ / दाङमा विषालु सर्पको टोकाइवबाट बालिकाकोे मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बबई गाउँपालिका–६ छाउनीडाँडा निबासी आरएन डीसीका तीन बर्षीया छोरी अनुशा डीसीको निधन भएको हो ।


घरको कोठामा खेल्नेक्रममा गएराति ७ बजेतिर सर्पले टोक्दा गम्भीर विरामी परेकी डीसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो ।