
दाङ, २२ मंसिर । दाङको तुलसीपुर स्थित अरनीको मैदानमा अहिले शौचालय छैन ।
शौचालय नहुँदा खुल्ला रुपमा शौच गर्नुपर्ने बाध्यता छन । त्यहाँ बिभिन्न खेलहरु भइरहन्छन् । तर, खेलाडीहरुलाई खेल शौच गर्ने ठाउँ नहुँदा समस्या हुन्छ । बिभिन्न ठूला कार्यक्रम पनि त्यही हुन्छन् ।
त्यति मात्रै होईन्, तुलसीपुरमा खुल्ला ठाउँ भएको पनि त्यही अरनीको मैदान हो । त्यहाँ शौचालय नहुँदा भएको समस्या निराकरण गर्न तुलसीपुर नगर जेसिजले शौचालय निर्माण सुरु गरेको छ ।
शौचालय निर्माणको शनिबार शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य दिपक गिरीले शौचालयको शिलान्यास गरेका हुन् ।
करिब १५ लाखको लागतमा उक्त शौचालय निर्माण हुनेछ । ४५ दिन भित्र शौचालय निर्माण सुरु गर्ने योजना रहेको अध्यक्ष पूर्ण विक्रम डाँगीले बताए ।



लाइभदाङ । २२ मंसिर २०८१, शनिबार २१:५५ बजे