तुलसीपुर खानेपानी : ९ दलिय गठबन्धनले ग¥यो उम्मेदवारी घोषणा, अध्यक्षमा भण्डारी

गठबन्धनका उम्मेदवारहरु

तुलसीपुर,११ पुस ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागि ९ दलले सामूहिक उम्मेदवार बनाएका छन् । ति उम्मेदवारहरुको आईतबार घोषणा गरिएको छ । जस अनुसार काँग्रेसलाई अध्यक्षको भाग परेको थियो । जसमा काँग्रेसले यमकान्त भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी यस अघिको कार्यकालकालागि काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । त्यतिबेला गठबन्धनका उम्मेदवार खेमवलीलाई उनलाई पराजित गरेका थिए ।

त्यस्तै उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । सोही अनुसार माओवादीले हालका कोषाध्यक्ष समेत रहेका सीताराम शर्मालाई उम्मेदवार बनाएको छ। त्यस्तै सचिब एमालेको भागमा परेको छ । एमालले सेवकराम भण्डारीलाई सचिबको उम्मेदवार बनाएको छ । त्यस्तै कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपालाई भाग परेको छ । जसमा विप्लवले भद्रबहादुर वलीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सदस्यहरुमा एकीकृत समाजवादीले पदमबहादुर खड्का, राष्ट्रिय जनमोर्चाले छमा भण्डारी,राप्रपाले लक्षमण भण्डारी,जनता समाजवादीले गीता विष्टलाई उम्मेदवारी बनाएको छ । एमालेलाई सचिबसहित अर्को सदस्य पनि भाग परेको छ । सोही अनुसार एमालेले सदस्यमा आशा अधिकारीलाई उम्मेदवार बनाएको छ ।


त्यस अवसरमा काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर खड्का‘अनुपम’सहित तुलसीपुरमा क्रियाशिल ९ वटै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खानेपानीको निर्वाचनकालागि आज विहान १० बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । सबै दलहरुले सकेसम्म सर्वसहमतिमा नेतृत्व टुंग्याउने तयारी गरेका छन् ।