कृषकलाई मल उपलव्ध माग गर्दै काँग्रेस तुलसीपुरद्वारा ज्ञापनपत्र

दाङ
६ असार / कृषकलाई रासायकिन मल उपलब्ध गराउन माग गर्दै नेपाली काँग्रेस तुलसीपुरले ज्ञापनपत्र बुझाएको छ ।

काँग्रेस तुलसीपुरका सभापति शुरेस हमाल, सचिब विमल पौडेलसहितको टोलीले सर्वसुलभ रुपमा रासायनिक मल उपलव्ध गराउन माग गर्दै तुलसीपुर उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई उक्त ज्ञापन पत्र बुझाईएको हो ।


तुलसीपुरका अधिकांस मानिशहरु कृषि पेशामा आबद्ध भएको भन्दै उनीहरुलाई आबश्यक विउ,मल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको सचिब पौडेलले बताए ।

No description available.