
तुलसीपुर, २० वैशाख । दाङको तुलसीपुर निवासी मञ्जित बाँठा मगरले ‘कुरै खलास’ गीत बजारमा ल्याएका छन् ।
भर्खरै बजारमा आएको उक्त गीत बजारमा आएको हो । शनिबार साँझ ९ बजेसम्म दुई लाख ३४ हजारले उक्त गीत हेरिसकेका छन् ।
तीन दिन अघि मात्रै युट्युव च्यानल मार्फत उक्त गीत बजारमा ल्याईएको हो । हाल युट्युव ट्रेनिङको २१ औं नम्बरमा छ ।



उक्त गीत कृष्ण रेउले, एलिना चौहान र शेष्मा पुनले गाएका छन् । त्यस्तै सुकदेप अधिकारी, रुपी सिंजाली,प्रेमा राणाले ग्रुप भोकल दिएका छन् । गीतमा प्रिङ्का कार्की,बिमल अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।
नयाँ पुस्ताको मागलाई मध्येनजर गरि उक्त गीत बजारमा ल्याईएको बाठाले बताए ।
लाइभदाङ । २० बैशाख २०८२, शनिबार २०:५५ बजे