राप्ती राजमार्गको चोरखोलामा सुख्खा पहिरो, सवारी आवागमन अवरुद्ध

दाङ,१९ बैशाख ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानकाे चोरखोला खण्ड (चेनेज ४६+८०० किमी) मा सुख्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बैशाख १८ गते अपरान्हतिर खसेको सुख्खा पहिरोले सडक पूर्णरूपमा बन्द भएकाे छ । हाल पहिरो हटाउने कार्यमा डोजर र प्राविधिक टोली परिचालन गरिएको छ।


सडक विभागका अनुसार केही समयमै सवारी सञ्चालन पुनः सुचारु हुने अपेक्षा गरिएको छ।