
दंगीशरण, १४ पुस ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली (स्नेहि) ले नेपाली काङ्ग्रेसलाई संस्थागत तवरले अगाडि बढाउन १०० दिने विशेष अभियानको थालनि भएको बताए ।
नेपाली काङ्ग्रेस दंगीशरण गाउँ कार्यसमितिले आइतबार दंगीशरणको हेकुलिमा आयोजना गरेको नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले नेपाली काङ्ग्रेस नेतृत्वमा रहदा पनि कार्यकर्तामा हिनताबोध हुनुको कारण पत्ता लगाउनुपर्ने बेला भएको बताए । काङ्ग्रेसलाई रुपान्तरण गर्न आवश्यक रहेको भन्दै केन्द्रिय सदस्य रसाइलीले नयाँ सोच बिचार र कार्यक्रम आवश्यक रहेको बताए ।
पार्टिभित्र मौलाउदै गएको अराजकतालाई रोक्न आवश्यक रहेको भन्दै नेता रसाइलीले पार्टिको विधि र सिद्धान्त वाहिर जान नहुने बताए । नेपाली काङ्ग्रेस दंगीशरणका सभापती शम्भु गिरीको शभापतीत्वमा भएको समापन कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि समेत रहेका केन्द्रिय सदस्य रसाइलीले काङ्ग्रेस समाबेशिताको जग बसाउने पहिलो पार्टी रहेको समेत बताए ।
पछिल्लो समय जनप्रतिनिधि र पार्टीको सम्बन्ध डिभोर्स भएको श्रीमती र श्रीमान जस्तो भएको व्यंग्य गर्दै अबको ३/३ महिनमा जनप्रतिनिधि र पार्टीबिचको समन्वायत्मक बैठक बसाल्ने पद्धतिको विकासको थालनि गर्ने गरी काङ्ग्रेस अगाडि बढेको बताए । अर्को प्रसङ्गमा नेता रसाइलीले नेपाली काङ्ग्रेसको कार्यक्रता अब प्रबिधिको सहि सदुपयोग गरी सामाजिक संजालको उच्चतम प्रयोग गर्न तर्फ लाग्न सुझाब दिए ।
नेपाली काङ्ग्रेस दाङका सभापती शंकर प्रसाद डाङ्गीले पार्टीका हरेक क्रियाकलापमा सबै सक्रिय रहनुपर्ने बताए । यो या त्यो नभनेर सबैले काङ्ग्रेसका निम्ती दत्तचित्त भएर खटिनुपर्ने भन्दै नेता डाङ्गिको पार्टीका तल्नो तहदेखि माथिल्लो तहका नेताहरु लाग्नुपर्ने बताए ।
समापन कार्यक्रममा गाउँपालिकका–७ वटै वडाका वडा सभापतीहरुले आ–आफ्नो वडाको पार्टीको अवस्थावारे जानकारी गराएका थिए । सोहि अवसरमा ७ वटै वडाका वडा सभापतिहरुलाई नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यताको परीचयपत्र समेत प्रदान गरीएको थियो ।
उक्त कार्यक्रम नेपाली काङ्ग्रेस दंगीशरणका सभापति शम्भु गिरीको अध्यक्षता,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली(स्नेहि) को प्रमुख आथित्यता तथा नेपाली काङ्ग्रेस दाङका सभापति संकर प्रसाद डाङ्गीको बिशिस्ट आथित्यतामा १०० दिने अभियानको समापन गरीएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि शंकर गिरी,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि केशव राज आचार्य लगायत नेपाली काङ्ग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, क्षेत्रीय प्रतिनिधि,नेपाल तरुणदल ने.वि. संघ, दलित संघ महिला संघ,थारु संघ लगायत नेपाली काङ्ग्रेसका कृयासिल सदस्य तथा उल्लेख्य सुभचिन्तकहरुको सहभागीता रहेको थियो । नेपाली काङ्ग्रेस दंगीशरणका उपशभापती गिरीराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पार्टी सचिव बामदेब बिष्टले गरेका थिए ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार २०:०८ बजे