दंगीशरण-३ का महिलाहरुकालागि २ दिने क्षमता विकास तालिम

दंगीशरण, १६ बैशाख ।
दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नं.३ का महिलाहरुकालागि क्षमता विकास सम्बन्धि २ दिने तालिम शनिबारदेखी दंगीशरण गाउँपालिकाको हेकुलिमा शुरुभएको छ। क्षमता विकास तालिम गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,तथा वड नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको बिशिस्ट आथित्यतामा तालिमको उद्घाटन गरीएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाई ससक्त बनाउने उदेश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो । बिगतका वर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो ।


महिलाहरुमा हरेक कुरा लगनशीलता , इमानदारीता, हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन शसक्तिकरणको माध्यमवाट अगाडी बढाउन विभिन्न कार्यक्रमहरु ल्याएको अध्यक्ष गिरीले बताउनुभयो । पछिल्लो समयमा अगाडीका परम्परागत संस्कारहरु लोप हुदै गएकोप्रती पनि चिन्ता ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिलाहरूको हक हितका लागी सदैव आफ्नो आवाज बुलन्द गर्न महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो । महिला आन्दोलन र शसक्तीकरणका कारण केहि हदसम्म पनि अधिकार पाएको र त्यसैको प्रतिफल स्वरुप महिलाहरु हरेक ठाउँठाउँमा रहेको बताउनुभयो ।