
तुलसीपुर, १९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–६, झुमरेमा शुक्रबार बिहान एक स्कुल भ्यान दुर्घटनामा परेको छ।
विद्यार्थी लिन झुमरेतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउमा राखिएको ट्याक्टरको हलोमा ठोक्किदा आचार्य कुलम स्कुलको रा १ च १७१७ नम्बरको भ्यान दुर्घटनामा परेकाे हाे ।
दुर्घटना बिहान करिब ८:३० बजे भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । भ्यानको अगाडिको भागमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएकाे छ ।
घटना लगत्तै क्षतिग्रस्त भ्यानलाई मर्मतका लागि वर्कसपमा पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



लाइभदाङ । १९ बैशाख २०८२, शुक्रबार १०:०४ बजे