दाङ,५ वैशाख ।
लुम्बिनी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा दाङ तुलसीपुर ९ बेलुवा स्थित सप्तरंगी इङ्लिश मिडियम स्कुल(सक्सेस एकाडेमी)कि छात्रा प्रथम भएकी छन् ।
कक्षा १० मा अध्ययनरत छात्रा हेमा घर्ती वैशाख ४ गते बुटवलमा भएको प्रतियोगितामा अंग्रेजी विधा तर्फ प्रथम भएकी हुन् ।
त्यस्तै जामिनी एजुकेशन ट्रेनिङ एन्ड रिशर्च सेन्टर काठ्मान्डौंद्वारा आयोजित प्रतियोगितामा सक्सेस एकाडेमी कक्षा ८ मा अध्ययनरत छात्रा रक्षा गिरी नेपाली बिधा अन्तर्गत चौथो स्थान प्राप्त गर्न सफल भएकी हुन् ।
उक्त प्रतियोगितामा लुम्बिनी प्रदेश्का विभिन्न १२ जिल्लाबाट गरि विभिन्न तहगत प्रतिसप्रधाकालागि करिब ६०० बिध्यार्थीको सहभागिता थियो ।
लाइभदाङ । ५ बैशाख २०८०, मंगलवार १७:२६ बजे