उपचारार्थीलाई दूव्र्यशनी र रोकथाम बारे सचेतना

बिजौरी
१० पुस / इलाका प्रहरी कार्यालय तुल्सीपुरको आयोजनामा वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनस्थापना केन्द्रमा रहेका उपचारार्थीहरुलाई दूव्र्यशनी र रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । त्यहाँ रहेका उपचारार्थीहरुलाई दूव्र्यशनी,रोकथाम र दूव्र्यशनीबाट कानुनी कारवाही सम्बन्धित सचेतना दिइएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले अभिभावकहरुको सन्तानप्रति निगरानीको कमी,संगतको प्रतिफल, संस्कृत र रमाइलोको नाममा पछिल्लो समय बालबालिकादेखि जेष्ठ नागरिकसम्मका व्यक्तिहरु लागुपदार्थको दूव्र्यशनीमा फस्दै गएको बताउनुभयो । उहाँले लागुपदार्थ दूव्र्यशनीको मुद्दामा पाँच लाखदेखि ७७ लाखसम्म जरिवाना, पाँच वर्षदेखि १५ वर्षको कैद वा घटनाको प्रकृतिअनुसार जन्मकैदको व्यवस्था भएको बताउनुभयो ।

अर्यालले उपचारार्थीहरुलाई नयाँ पाइलाबाट नयाँ जीवन प्राप्त गरेर समाजमा उदाहरणीय व्यक्तित्व बन्न आग्रह गर्नुभएको थियो ।उपचार केन्द्रमा १५देखि ६५ वर्षसम्मका व्यक्तिहरु रहेकाले लागुपदार्थको दूव्र्यशनीमा सबै फस्दै गएको बताउनुभयो । रमाइलो, मनोरञ्जन,संस्कृति वा साथीहरुको लहलहैमा जीन्दगी नबिर्गान समेत उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले हालसम्म एक हजार बढीलाई उपचार पश्चात् समुदायमा पुनस्थापित गरेको त्यसमध्ये ६५ जनालाई निशुल्करुपमा उपचार गरेको जानकारी गराउनुभएको थियो । साथै साविक राप्ती अञ्चलका जिल्लाहरुमा रहेका विद्यालय, क्याम्पस,त्यहाँ आयोजना गरिने मेला,महोत्सव, कार्यक्रमहरुमा अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

त्यसैगरी सीप सिकेर आत्मनिर्भर हुन चाहने व्यक्तिहरुका लागि सीप र आवश्यक सामग्री समेत उपलब्ध गराएर स्वरोजगार बनाएको समेत जानकारी दिनुभयो । हाल संस्थामा ४५ जना उपचारार्थीहरु रहेको संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय तुल्सीपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नयाँ पाइला पुनस्थापना केन्द्रमै पुगेर कार्यक्रम आयोजना गरेको हो ।