गुडिरहेको टिप्परमा आगलागी

तस्वीर : कुलदीप न्यौपानेको फेसबुकबाट

तुलसीपुर
९ पुस / दाङमा गुडिरहेको टिप्परमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिप्परमा आगलागी भएको हो ।

साँझ करिब ८ बजेतिर बुलुवा ल्याएर आउँदै टिप्परमा वायरिङ सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


घोराही ३ स्थ्ति मुसोटको उकालोमा आगलागी हुँदा टिप्परमा पूर्ण क्षति भएको छ । तर, मानविय क्षति भने भएको छैन ।