जेसीजद्वारा बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण

दाङ, २८ पुष
तुलसीपुरनगर जेसीज बर्ष -२०२३ ले तुलसीपुर स्थित बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ।
तुलसीपुरनगर जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी सालिकराम वलीले आफ्नो एक बर्षे कार्य योजनाभित्र बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गर्ने उद्देश्य अन्तरगत उक्त कार्य गरेको जानकारी दिएका छन्।
तुलसीपुर उपमहानगर पालिका वडा नं -५ को अनुमति एबम् तुलसीपुर -८ ,दुधेना निवासी समाजसेवी खुटी सापकोटा परिवारको आर्थिक सहयोगमा सो निर्माण कार्य सम्पन्न भएको थियो।
सो प्रतिक्षालयमा दैनिक सयौं यात्रुहरुले गर्मी तथा वर्षायाममा सहजरुपमा आश्रय लिने अपेक्षा गरिएको छ।
जेसीज यात्राको आफ्नो एकबर्षे अध्यक्ष कार्यकाललाई पूर्णतः मानविय सेवामा समर्पित कार्य गरेका वलीले कार्तिक १७ गते पश्चिम नेपालको रुकुम र जाजरकोट जिल्लामा गएको महाविनाशकारी भुकम्पबाट पिडित परिवारहरुलाई त्यस क्षेत्रमा गएर तत्काल राहत सामाग्री बितरण समेत गरेका थिए। सो कार्य गरेबापत तुलसीपुरनगर जेसीजलाई सम्मान समेत गरिएको थियो ।त्यसैगरी इलाका प्रहरी कार्यालय तुललीपुरमा रहेका थुनुवाहरुलाई लक्षित गरी त्यस स्थानमा पुस्तकालय समेत स्थापना गरि अर्को उदाहरणिय काम गरेका थिए।
ट्राफिक कार्यालय तुलसीपुरसंग सहकार्य गरि बिभिन्न स्थानहरुमा ट्राफिक बोर्ड स्थापना,जेब्रा क्रसिड॰ मर्मत,बिभिन्न समयमा रक्तदान एबम् स्वास्थ्य सहायता कक्ष स्थापना लगाएत महत्वपूर्ण कार्यहरु गरी आफ्नो एकबर्षे कार्यकाल सम्पन्न गरेका छन् ।